नन्दलाल वैश्य कौशधन वैश्य समाजको अध्यक्षमा बिजयी, यसकारण महत्वपूर्ण छ वैश्य समाज


नेपालगन्ज २५ फागुन : नेपालगन्जमा प्रभावशाली मानिने कौशधन बैश्य समाजको अध्यक्षमा नन्दलाल बैश्य बिजयी भएका छन् । उद्योग,व्यवसायदेखि समाजसेवा मात्र होइन राजनीतिक हारजितमा समेत बैश्य समाजको भूमिकालाई अति नै महत्वका साथ हेरिन्छ । सोही कारणले गर्दा समाजको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन नै भएको थियो ।

रामलखन बैश्य र रामारानी बैश्यलाई पराजित गर्दै नन्दलाल बिजयी भए । निर्वाचनमा नन्दलालले ४ सय ६१, रामलखनले ४ सय ९ र रमारानीले २ सय ९१ मत ल्याएका थिए ।


सदस्यमा कृष्णगोपाल गुप्ता,रामुकमार बैश्य, सत्यनारायण बैश्य, गोपीनाथ बैश्य, रामकुमारी गुप्ता, सन्तोष बैश्य, सन्तोष बैश्य र डा. पंकज गुप्ता रहेका छन् ।

बैश्य समाजको निर्वाचनमा बिभिन्न राजनीतिक शक्तिले नजर लगाएका थिए । अन्तत नन्दलालले सबैलाई पछारे । बैश्य नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष हुन । महासंघको आगामी निर्वाचनमा केन्द्रीय सदस्य पदका उम्मेदवार समेत बन्ने दौडमा छन् । उद्योग, व्यवसाय क्षेत्रमा मात्र नभई बैश्यले भावी राजनीतिक सुनिश्चित गर्न बैश्य समाजमा राम्रो पकड जमाउन सफल भएका छन् ।

प्रकाशित मितिः     २५ फाल्गुन २०७६, आईतवार ०७:४१  |