डा. कुमार सान शाहले ५० परिवारलाई राहत दिए


नेपालगन्ज २७ बैशाख :  कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोक्नका लागि लागू गरिएको लकडाउनका क्रममा समस्या परेका नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० का ५० परिवारलाई एचसीआरसी र कप्तान कृषी फार्मका संस्थापक डा. कुमार सान शाहले सहयोग गरेका छन् ।

वडा नम्बर २० को आयोजनामा ५० जनालाई राहात बितरण गरिएको हो । बितरण गरिएको राहतमा प्रती परिवार १० केजी चामल २ केजी, दाल,१ केजी नुन र १ पोका खाने तेल रहेको छ ।

वडा अध्यक्ष कृष्ण कार्कि, वडा सदस्य चक्र बहादुर बुढा,डा. मन्जु बिसि शाह,स्थानिय प्रहरी प्रमुख लगाएत स्थानीय अगुवाहरुको सहभागिता रहेको थियो । प्रदेश सभासद कृष्णा के.सि.को सक्रियतामा बनेको राहात कोषमा डा. शाहले रु ५० हजार सहयोग गरेका थिए ।

प्रकाशित मितिः     8:38:18 PM  |