कोरोना संक्रमितलाई मन्त्री बरालले भने–‘ढुक्क हुनुहोस् ,निको भएर घर फर्किनुहुन्छ ’


नेपालगन्ज १ जेठ : प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा रहेका कोभिड– १९ संक्रमितसंग भलाकुसारी गरेका छन् ।

सामाजिक दुरी कायम गर्दै अलि टाडै बाट संक्रमितसंग कुराकानी गरेका मन्त्री बरालले संक्रमितलाई कुनै प्रकारको तनाव नलिन ढाडस दिए ।

‘कुनै प्रकारको अनावश्यक तनाव नलिनुहोस् । उपचार पछि ठिक हुन्छ । हामीले सबै व्यवस्था गरेका छौं ।’– मन्त्री बरालले भने ।
मन्त्री बरालले संक्रमितहरुलाई संक्रमण हुदैमा आत्तिनु नपर्ने बताए ।

अस्पतालको निरिक्षणको क्रममा उनले संक्रमित, संक्रमितको हेरचाहमा खटिएका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई हौसला प्रदान गर्दै कुनै पनि कुराको अभाव हुन नदिने बताए । उनलेले आवश्यकता अनुसार अस्पतालको वेड संख्या बढाउदै लगिने उनले जनाएका छन् ।

प्रकाशित मितिः     १ जेष्ठ २०७७, बिहीबार १५:०४  |