नेपालगन्ज ९ जेठ : बाँकेमा शुक्रवार थप १४ जना कोरोना पोजेटिभ भेटिएका छन् । यसअघि एक सय जना संक्रमित र एक जनाको मृत्यु भइसकेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार, शुक्रवार १ जना राप्तीसोनारी र १३ जना नरैनापुरका कोरोना पोजेटिभ थपिएका हुन् । नेपालमा कुल संक्रमितको संख्या ५ सय ७ पुगेको छ ।

राप्तीसोनारी गाउँपालिकामा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । यो सँगै बाँकेका चार वटा स्थानीय तहमा कोरोना पोजेटिभ भेटिइसकेका छन् । नरैनापुर, नेपालगन्ज, खजुरा र राप्तीसोनारीमा कोरोना भेटिएको छ ।
बाँकेमा कुल संक्रमितको संख्या १ सय १५ पुगेको छ । एकको कोभिडका कारण मृत्यु भैसकेको छ । बाँकेमा २१ जना निको भएर शुक्रबार नै घर फर्किएका छन् ।