लकडाउनपछि बाँकेमै लिने हो ‘फनपार्क’को मज्जा !


देशकै सबैभन्दा गर्मी हुने ठाउँँ बाँके । गर्मीयाममा यहाँको जनजीवन कष्टकर हुन्छ ।

गर्मी छल्न यसपटक भने फनपार्क उपयोगी हुने देखिएको भएपनि कोरोनाको कहरले यो सपना पुरा हुन सकेन । बाँकेमा तीनवटा फनपार्क आउने गर्मीको समयमा सन्चालन हुने तयारीमा थिए । यद्यपी अहिले पूर्वाधार निर्माणको काम सिध्याउने चरणमा रहेका छन् ।

यि मजदुरहरुले दिनररात नभनी निर्माण गरिरहेको फन पार्कहरु बाँके जिल्लाका लागि २०७६ मा बिशेष उपहार सावित हुँदै छन् । बाँके जिल्लामा एकै पटक तीनवटा धमाधम निर्माण भइरहेका छन् । यद्यपी कयौं काम भने लकडाउनले प्रभावित बनाएको छ ।

मानसरोवर होली डे इन प्रालिले हवलदारपुर, वन्डरल्याण्ड प्रालिले राँझा र नेपालगन्ज एक्वा फनपार्कले नेपालगन्ज उपमहानगरपालिका –१४ स्थित भवानीयापुरमा ‘फन पार्क’ निर्माण गरिरहेका छन् ।

प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको केन्द्रभागमा रहेको कोहलपुरको हवलदारपुरमा यो फन पार्क निर्माण भइरहेको छ । सुर्खेतरोडसंगै जोडिएको मानसरोवर होली डे इनले ‘ह्याप्पी वल्र्ड’ नाम दिएर फन पार्क सन्चालन गर्दैछ । तीनवटा मध्ये सबैभन्दा पहिले निर्माणको काम शुरु गरेको ह्याप्पी वल्र्डसन्चालनको तयारीमा थिए ।

मानसरोवर अमुजमेन्ट पार्क एण्ड रिसोर्ट प्रालिले नेपालगञ्ज उपमहानगरपालिका –१४ भवानीयापुर, बालेगाउँमा निर्माण भइरहेको छ । नेपालगञ्ज एक्वा एडभेन्जर पार्क रिसोर्ट, वाटरपार्क, फनपार्क, इन्डोर गेम्स, सभा हल, रेष्टुरेन्ट, पिंङलगायत मनोरञ्जनस्थल निर्माणको काम यतिबेला धामधम गरिरहेको छ ।

रांझाचोकमा सुर्खेतरोडसंगै जोडिएको क्षेत्रमा वन्डरल्याण्ड पार्क निर्माण भइरहेको छ । भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । वन्डरल्याण्डले सिमेन्ट र छडबाट बनेका पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ ।

प्रकाशित मितिः     २६ जेष्ठ २०७७, सोमबार ११:२८  |