प्रदेश गौरवको आयोजनामा समेट्दै खजुरामा प्रदेश बिश्वविद्यालय बनाउने घोषणा


बाँकेको खजुरा गाउँपालिकामा प्रादेशिक बिश्वबिद्यालय निर्माण गर्ने घोषणा गरिएको छ । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले आगामी आर्थिक वर्षका लागि बजेट पेश गर्दै बिश्वबिद्यालय निर्माणको घोषणा गरेका हुन । खजुरा गाउँपालिकाले त्यसका लागि सय रोपणी जग्गा उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

बजेटमा बाँकेको खजुरामा स्थापना गरिने प्रदेश विश्वविद्यालय, दाङको घोराहीमा निर्माणाधीन नेत्रलाल अभागी रंगशाला र लुम्विनी प्रादेशिक अस्पताललाई प्रदेश गौरवको आयोजनाको रूपमा थप गरी अगाडि बढाइने उल्लेख छ ।

प्रदेश ५ को बजेट ३६ अर्ब ३५ करोड(पूर्णपाठ सहित)

प्रकाशित मितिः     4:33:00 PM  |