आगामी आर्थिक वर्षदेखि घरेलु उद्योगको दर्ता शुल्क पूर्णरुपमा छुट


नेपालगन्ज ७ असार :  प्रदेश नं. ५ मा लद्यु, घरेलु तथा साना उद्योगको दर्ता शुल्क पूर्णमा छुट हुने भएको छ । आगामी आर्थिक वर्षको प्रदेशको बजेट मार्फत उक्त विषय कार्यान्वयनमा आउँदै छ ।

कोभिड -१९ बाट शिथिल भएको अर्थतन्त्रलाई गतिशील बनाउन तथा प्रदेशमा थप लगानीमैत्री वातावरण निर्माण गर्न यस्तो गरिएको हो । आगामी आर्थिक वर्ष स्थापना हुने लघु, घरेलु तथा साना उद्योगहरूको दर्ता गर्दा लिइने शुल्कमा पूर्ण छुट दिने व्यवस्था मिलाइएको छ।

यसका साथै औद्योगिक प्रयोजनको लागि त्यस्ता उद्योगको नाममा खरिद गरिने ढुवानीका सवारी साधनमा दर्ता शुल्क छुट दिइनेछ ।

प्रदेश र स्थानीय तह दुवैको क्षेत्राधिकारभित्र रहेको सवारी साधन कर, घर जग्गा रजिस्ट्रेशन शुल्क र ढुंगा, गिट्टी, बालुवा, माटो दहत्तर बहतरबाट प्राप्त हुने लगायतका आयको बाँडफाँट गर्ने व्यवस्था मिलाएको छ ।

प्रकाशित मितिः     ७ असार २०७७, आईतवार ०८:५९  |