पूर्वाधार विकासले कृषी र पशुपालनमा थपिएको उत्साह


गुर्भाकोट (सुर्खेत) ११ असार :  पुर्वाधार विकाससंगै गुर्भाकोट नगरपालिका- ४ का स्थानीय पशुपालन, कृषी र जडिबुटी खेती गर्न उत्साहित भएका छन् । सडक, दुध चिस्यान केन्द्रदेखि बिजुलीसम्म गाउँमा पुग्दा आधुनिक तरिकाले खेती किसानी गर्ने क्रम बढेको हो ।

गुर्भाकोट नगरपालिका–४ पारेखेतमा रु ५४ लाख १४ को लगानीमा दुध चिस्यान केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेका बेला सोही ठाउँमा सडकको स्तरोन्नतीको काम पनि तिव्ररुपमा भइरहेको उपभोक्ता समितिका अध्यक्ष रोमहर्ष ओली बताउँछन् । कर्णाली प्रदेश पूर्वाधार बिशेज्ञ कार्यक्रम अन्र्तगत प्रदेश सांसद ठम्मर बिष्टको योजना अनुसार उक्त सडक निर्माण भइरहेको छ । वडा नंं. ४ को कार्यालयदेखि पारेखेत र थकेलीसम्मको सडक निर्माणको काम भइरहेको छ । उक्त सडकले वडा नंं. ४ र ५ का सर्वसाधारणलाई सहजता प्रदान गर्ने छ ।

गाउँमा पूर्वाधार विकास संगै पशुपालन गर्ने र भएकै पशुपालनमा समेत स्तरोन्तती गर्ने काम भइरहेको पारेखेत कृषी सहकारीका अध्यक्ष महेश ओलीले बताए । उनका अनुसार, अब उत्पादन भएको दुध, तरकारी विक्रीमा कुनै समस्या हुने छैन । कर्णाली प्रदेश सरकार पशु पन्छी विकाश निर्देशनालयको रु ३४ लाख आर्थिक सहयोग र बाँकी स्थानीयले श्रमदान गरेर पारेखेत कृषि तथा पशुपालन सहकारी संस्थाले दुध चिस्यान केन्द्र बनाइरहेको छ ।

चिस्यान केन्द्र निर्माण भएपछि त्यसक्षेत्रबाट वार्षिक ३ लाख ६५ हजार लिटर दूध संकलन गर्ने लक्ष्य राखिएको छ ।

अहिले वार्षिक ४८ हजार लिटर दुध बिरेन्द्रनगरमा विक्री वितरण भइरहेको उक्त सहकारीका सचिव हस्तबहादुर डाँगीले जानकारी दिए ।

सहकारीले आºनो दुध संकलन कार्यलाई अझ व्यवस्थित तथा विस्तार गर्नका लागि दुध चिसान केन्द्र निमार्ण गनुपर्ने , चिलिमभ्याट ,क्यान , जेनेरेटर ,मिल्क एनालाइजर मेसिन खरीद गर्नुपर्ने भएकोले यो व्यवसायिक योजना निर्माण गरेको सचिव डाँगी बताउँछन् ।

गुर्भाकोट वडा नं. ४ का अध्यक्ष प्रशन्न शाहले पशुपालनका क्षेत्रमा कृषकलाई प्रोत्साहन गर्न कुनै कसर बाँकी नराख्ने बताए । उनले स्थानीय तह, प्रदेश र संघीय जनप्रतिनिधिको साथ रहेको बताएका छन ।

पूर्वाधार विकासले पशुपालनमा लागेका कृषकलाई प्रोत्साहन मिल्ने अगुवा भैसीपालक किसान ज्ञान बहादुर डाँगी बताउँछन् ।

चिस्यान केन्द्र निर्माणसंगै पशुपालनमा कृषकलाई सहुलियत सहितका प्याकेज ल्याउनुपर्ने उनको सुझाव छ ।

सहकारी संस्थाका सदस्य रोमहर्ष वलीले दुध उत्पादनमा आत्मनिर्भर बन्ने उदेश्यले पारेखेतमा बिभिन्न योजना बनिरहेको बताउँछन् ।

दुध चिस्यान केन्द्र निर्माणको काम अन्तिम चरणमा

प्रकाशित मितिः     11:31:59 AM  |