उद्योग एवं पर्यटन क्षेत्रका कामदारले पारिश्रमिक पाए ? विवरण संकलन गरिदै


नेपालगन्ज १९ असार :  श्रम तथा रोजगार कार्यालय नेपालगन्जले उद्योग, प्रतिष्ठानमा कार्यरत कामदारले पारिश्रमिक पाए नपाएको विवरण संकलन गर्न थालेको छ ।

लकडाउनका कारण उद्योगका कामदार एवं होटल क्षेत्रका कामदार काम बिहिन भएका छन् भने उनीहरुले पारिश्रमिक पाएका छैनन् ।

आम्दानी केही नभएका कारण पारिश्रमिक भुक्तानी गर्न नसकेको उद्योगीहरुको दावी छ ।

श्रम कार्यालयका अनुसार, उद्योग प्रतिष्ठान र होटल क्षेत्रमा काम गर्ने कर्मचारीलाई गत चैत महिनासम्मको पारिश्रमिक नियमित अवस्थामा दिनुपर्ने प्रावधान छ ।

त्यसपछि व्यवसाय सन्चालन नभएसम्मका लागि भने नियमित ज्याला भुक्तानी गर्न प्रतिष्ठानस्तरको कल्याणकारी कोषको प्रयोग गर्नुपर्नेछ ।

चैत १६ गतेको अर्को निर्णय अनुसार, औपचारिक क्षेत्रमा काम गर्ने कामदारलाई बैशाख महिनाको तलवको ५० प्रतिशत तत्काल उपलब्ध गराउने र बाँकी ५० प्रतिशत सहज अवस्था भएपछि भुक्तानी गर्ने पर्नेछ ।

यसरी तलव भुक्तानी गर्दा उद्योगहरुलाई तरलता उत्पन्न भए ती उद्योगलाई सहुलियत दरमा कर्जा उपलब्ध गराइने श्रम कार्यालयले बिभिन्न क्षेत्रलाई पठाएको पत्रमा उल्लेख छ ।

प्रकाशित मितिः     १९ असार २०७७, शुक्रबार ०७:३६  |