सीमा बन्दले नेपालको रोजगारी गुमाउँदा समस्यामा परेको एउटा भारतीय गाउँ


रोजगारीका लागि नेपाली भारत जाने कुरा कुनै नयाँ होइन । तर नेपालको रोजगारी गुमाउँदा बेरोजगार हुने भारतीय गाउँहरु समेत रहेको तथ्य खुलेको छ । लकडाउनका कारण यतिबेला नेपाल र भारतबीचको सीमा बन्द छन् । सीमाका आवात जावत ठप्प छ ।

यही कारण समस्यामा परेको भारतीय गाउँ हो, बिहार चम्पारण जिल्लाको पंटोका । यो गाउँ नेपालसंग सीमा जोडिएको छ । आधा किलोमिटरको दुरीमा नेपाल पर्छ । पंटोकामा ९० प्रतिशत सर्वसाधारण कामका लागि बिरगन्ज आउने गरेको छन् ।

कोही रिक्सा चलाउथे त कोही मजदुरी गर्थे । कसैको पसल थियो त कसैले घर बनाउने काम गर्थे । नेपाल आउन पंटोकाका नागरिकलाई न कुनै कागजात देखाउनुपथ्र्यो तर न कसैले सोधपुछ नै गर्ने ।

विवाहको सम्बन्धले दुबै देशका नागरिकलाई जोडेको थियो । कहिल्यै फरक देश जस्तो भएको महसुस गरेनन् । साईकलमा एक घण्टामै नेपाल आउजाउ गर्न सक्थे । तर अहिले परिस्थिती बद्लिएको छ । सीमामा जानै पाइदैन । भारतीय सीमा सुरक्षाबलदेखि नेपालमा सशस्त्र प्रहरीसम्मको पिटाई खानुपर्छ ।

स्थानीय भुनसरा भन्छन्–‘कमाईका लागि बिरगन्ज जान्थ्यौ । चार महिनादेखि ठप्प छ । घरमै बसिरहेका छौं । किनकी रक्सौलमा काम गर्ने केही छैन ।’ सरुजरामको पीडामा पनि उस्ते छ । उनी भन्छन्–‘लकडाउन मात्र होइन भारत नेपालबीचको टेन्सनले गर्दा पनि आवात–जावतमा समस्या भएको अरुले भन्छन् ।’
(भारतीय पत्रिका दैनिक भाष्करhttps://www.bhaskar.com/db-original/news/india-nepal-border-dispute-news-updates-residents-speaks-to-bhaskar-on-employment-127501745.htmlमा पत्रकार अजय बाजपेयीले लेखेको समाचारको सम्पादित अशं)

प्रकाशित मितिः     २८ असार २०७७, आईतवार १७:३८  |