घरेलु कार्यालय बाँकेका अधिकृत घुस सहित पक्राउ


नेपालगन्ज ३० असार : घरेलु तथा साना उद्योग कार्यालय बाँकेका उद्योग अधिकृत हुकुम बहादुर वली घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय नेपालगन्ज इकाईको टोलीले मंगलवार ९६ हजार ३ सय घुस सहित पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसंन्धान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेले दिएको जानकारी अनुसार सेवाग्राहीसंग ठेक्काको लाईसेन्स बनाईदिने बाहानमा घरेलु तथा साना उद्योग कार्यालय बाँकेका सातौ तहका अधिकृत हुकुम बहादुर ओलीलाई नियन्त्रणमा लिएको हो ।

अख्तियारको टोलीले घटनास्थलको बरामदी मुचुल्का गरि आवश्यक अनुसंन्धानको लागि संबन्धित निकायमा बुझाउने तयारी भई रहेको जानकारी प्राप्त भएको छ ।

प्रकाशित मितिः     ३० असार २०७७, मंगलवार १२:४५  |