निषेधाज्ञाको अवधिमा बाँकेमा बैंकको एटिएम बाहेक अन्य सेवा बन्द रहने


बाँके १७ साउन : आईतवारदेखि मंगलवारसम्म हुने लकडाउनका क्रममा बाँकेमा बैंक तथा वित्तीय संस्था पनि बन्द हुने भएका छन् ।

एटिएम बाहेक अन्य सेवा बन्द गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले नेपाल राष्ट्र बैंक नेपालगन्ज शाखालाई पत्र पठाएको छ ।

सोही पत्रका आधारमा जिल्लाका बैंक तथा वित्तीय संस्थाले एटिएम बाहेक अन्य सेवा बन्द गर्न लागेका हुन ।

प्रशासनले राष्ट्र बैंकलाई लेखेको पत्रमा जिल्लामा कोभिड संक्रमितको संख्या बढ्दै गएको र त्यसको न्यूनिकरणका लागि गर्न लागिएको निषेधाज्ञाका क्रममा जिल्लास्थित बैंक तथा वित्तीय संस्थाका एटिएम बाहेक अन्य सेवाहरु बन्द गर्ने व्यवस्थाका लागि अनुरोध गरिएको छ ।

आईतवारदेखि बाँकेमा लकडाउन : यि क्षेत्र मात्र सन्चालन गर्न दिइने

प्रकाशित मितिः     १७ श्रावण २०७७, शनिबार १७:४५  |