विद्युत प्राधिकरणमा कार्यरत १ सय ३५ कर्मचारीको कोरोना वीमा


नेपालगन्ज २० साउन :  कोरोना संक्रमण देखिन थालेपछि सरकारी कार्यालयले आफ्ना कर्मचारीको कोरोना वीमा गराउन थालेका छन् ।

बाँकेमा आन्तरिक राजश्व, अदालत, यातायात, नेपालगन्ज उपमहानगरपालिका जस्ता कार्यालयका कर्मचारीलाई कोरोना देखिएको छ ।
सरकारी कर्मचारी कोरोनाको चपेटामा परेपछि कोरोना बिमा गर्न थालिएको हो ।

सोमवार मात्र नेपाल विद्युत प्राधिकरण प्रदेश डिभिजन कार्यालय र नेपालगन्ज बितरण केन्द्रलेस्थायी , म्यादी , करार र ज्यालादारी गरी १ सय ३५ कर्मचारीको कोरोना बीमा गरेको छ ।

राष्ट्रिय विमा कम्पनी लिमिटेड नेपालगन्ज कार्यालय मार्फत विमा गरिएको हो । रु १ लाखको विमामा रु ६ सय प्र्रिमिय बुझाइएको छ ।

प्रकाशित मितिः     २० श्रावण २०७७, मंगलवार ०८:०१  |