कृत्रिम जलाशय बहुउपयोगी बन्दै, चेपे तालमा डुंगा सरर……


घोराही, २० साउन: घोराही उपमहानगरपालिका वडा नम्बर १ र २ मा पर्ने चेपे तालमा डुंगा सञ्चालनमा ल्याईएको छ । करिब साढे ७ बिगाह क्षेत्रफलमा फैलिएको तालमा आज देखी डुंगा सञ्चालनमा ल्याईएको हो ।

सिचाई, माछा पालन सँगै बाताबरणिय सुन्दरतता र पर्यटकिय आकर्षणका लागि आर्थिक बर्ष २०७५/७६ सालमा उक्त चेपे ताल घोराही उपमहानगरपालिका र प्रदेश सरकारको लगानीमा निर्माण भएको हो ।

संघिय सांसद शान्ता चौधरी, नगर प्रमुख नरुलाल चौधरी, वडा नम्बर १ का अध्यक्ष राममणि पाण्डेय, इन्जिनियर रामधन श्रेष्ठ सहितको टोली आज तालमा डुंगामा सयर गरी चेपे तालमा डुंगाको सुरुवात गर्नुभएको हो ।

ताल क्षेत्रकै स्थानियहरुले १३ लाख २० हजार रुपैयाँ खर्च गरि डुंगा, लाईफ जकेट सहित आबस्यक सामाग्रीहरु खरिद गरेका छन् । कृत्रिम जलाशयलाई सिचाई सँगै आयआर्जन सँग जोड्नका लागि डुंगा सञ्चालनमा ल्याईएको नगर प्रमुख चौधरीले जानकारी दिनुभयो ।

जलाशयबाट सैयौ विगाह जमिन सिचाई हुनुका साथै वाताबरणिय सुन्दरता, माछा पालन, पानीको स्रोत बढ्ने र डुंगा सञ्चालन गरि पर्यटनको आकर्षणको केन्द्र बनाउने उदेश्यका साथ स्थानिय सरकार र स्थानिय नागरिकहरु लागेको उहाँको भनाई छ ।

उपमहानगरले वडा नम्बर १ का अध्यक्ष राममणि पाण्डेलाई ताल व्यवस्थापन तथा सञ्चालन समितिको संयोजक बनाईएको र अब डुंगा सञ्चालन कार्य विधी बनाई शुल्क निर्धारण हुने नगर प्रमुख चौधरीले बताउनुभयो ।।

प्रकाशित मितिः     २० श्रावण २०७७, मंगलवार १६:४३  |