नेपालगन्जमै स्वाब सङ्कलनका लागि भिटिएम किटको अभाव


नेपालगञ्ज, साउन २१ गते । बाँकेमा कोरोना परीक्षणका लागि स्वाब संकलन गर्दा प्रयोग हुने भिटिएम अभाव देखिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले स्वास्थ्य कार्यालयबाट प्रर्याप्तमात्रामा भिटिएम प्राप्त नभएपछि उपमहानगरपालिका आफैले खरिद गरि स्वाब संकलन गरेको जानकारी दिनुभयो ।

उप–महानगरपालिकाले वडाध्यक्ष सहित आठजना कर्मचारीको घरपरिवारका सदस्य र उनीहरुको सम्पर्कमा रहेका करिब दुईसय जनालाई स्वाब सङ्कलनका लागि मङ्गलबार कार्यालयमा बोलाएकोमा स्वास्थ्य कार्यालय बाँकेबाट ८० मात्रै भिटिएम उपलब्ध भएको थियो ।


उपमहानगरपालिकाले १२० किट भिटिएम आफैले खरिद गरि सङ्क्रमित ब्यक्तिका घर परिवारका सदस्य र उनीहरुको सम्पर्कका आएका ब्यक्तिहरुको स्वाब सङ्कलन गरिएको जनाएको छ । मंगलबार जनप्रतिनिधी, कर्मचारी र कोरोना संक्रमण देखिएका ब्यक्तिका घरपरिवारका सदस्य गरि १९८ जनाको स्वाब संकलन गरिएको छ ।

प्रकाशित मितिः     1:48:44 PM  |