काठमाडौं । कोरोना भाइरस संक्रमण रोक्न सरकारले जारी गरेको बन्दाबन्दी ९लकडाउन० का कारण उद्योग व्यवसाय बन्द हुँदा २२.५ प्रतिशत कर्मचारी तथा कामदारहरुले रोजगारी गुमाएका छन । कटौती भएकामध्ये दुई तिहाइभन्दा बढी अस्थायीर करारका कामदार छन् ।
होटल तथा रेष्टुरेन्ट क्षेत्रले सबैभन्दा धेरै कर्मचारी तथा कामदार कटौती गरेको नेपाल राष्ट्र बैंकले गरेको कोभिड–१९ ले नेपालको अर्थतन्त्रमा पारेको असरको अध्ययनले देखाएको छ ।
सो अवधिमा घरेलु तथा लघु उद्यम, साना खुद्रा व्यापारहरुले अन्यको तुलनामा धेरै कर्मचारी र कामदार कटौती गरेको पाइएको अध्ययनले देखाएको छ ।
बन्दाबन्दी अवधिमा सर्वेक्षणमा सहभागी उद्योग व्यवसायहरुले औसतमा १८.२ प्रतिशत कर्मचारीको तलब कटौती गरेको पाइएको छ । तलब कटौती गर्नेमा होटल तथा रेष्टुरेन्ट, यातायात तथा भण्डारण र शिक्षा क्षेत्र अगाडी छन् ।
ठूला उद्योग व्यवसायहरुले अन्यको तुलनामा धेरै तलब कटौती गरेको अध्ययनले देखाएको छ । बन्दाबन्दी अवधिमा सर्वेक्षणमा सहभागी ४ प्रतिशत उद्योग व्यवसाय पूर्ण रुपमा, ३५ प्रतिशत आंशिक रुपमा र ६१ प्रतिशत पूर्णरुपमा बन्द रहेका पाइएको छ ।
बन्दाबन्दीे अवधिमा सर्वेक्षणमा सहभागी उद्योग व्यवसायहरुमध्ये ९६.७ प्रतिशतले सामान्य अवस्थाको तुलनामा औसतमा ७३.८ प्रतिशत उत्पादन तथा कारोबार घटेको जनाएका छन् । सहभागीमध्ये ०.९ प्रतिशतको उत्पादन/कारोबार १५.४ प्रतिशतले बढेको र २.४ प्रतिशतको उत्पादन र कारोबार पूर्ववत देखिएको छ ।
सर्वेक्षणमा ५२ जिल्लाका ६७४ उद्योगी व्यवसायीहरुको सहभागिता रहेको छ । औद्योगिक वर्गीकरणअनुसार थोक तथा खुद्रा व्यापारबाट सर्वाधिक २८.२ प्रतिशत, उत्पादनमूलक उद्योगबाट १८.२ प्रतिशत र होटल तथा रेष्टुरेन्टबाट १६.५ प्रतिशत नमुना प्राप्त भएका छन ।
तीन वर्ष वा सोभन्दा कम अवधि सञ्चालनमा रहेका नवप्रवर्तन उद्योगर व्यवसायहरुको सहभागिता २३.७ प्रतिशत रहेको अध्ययनले देखाएको छ । उद्योग व्यवसायको आकारको आधारमा सर्वाधिक ४२.७ प्रतिशत उत्तरदाता लघु उद्यमसाना खुद्रा व्यापार समूहका रहेका छन । सबैभन्दा थोरै ४.३ प्रतिशत उत्तरदाता ठूला उद्योग समूहका रहेका छन् ।
सर्वेक्षणमा सहभागीको कर्जा सम्पत्ति अनुपात औसतमा ४८.७ प्रतिशत देखिएको छ । सर्वेक्षणमा सहभागी उद्योग व्यवसायहरुको कुल खर्चमा स्थिर खर्च र चालु खर्चको हिस्सा क्रमशः ३७.६ प्रतिशत र ६२.४ प्रतिशत छ । सहभागीमध्ये ७४.३ प्रतिशत उद्योगरव्यवसायहरुले बैंक तथा वित्तीय संस्थाबाट र ८.७ प्रतिशतले बचत तथा ऋण सहकारी संस्थाबाट कर्जा लिएका छन ।
कर्जा नलिएका उद्योग व्यवसायहरुको संख्या १२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । बन्दाबन्दी अवधिमा ४ प्रतिशत पूर्ण रुपमा, ३५ प्रतिशत आंशिक र ६१ प्रतिशत पूर्णरुपमा बन्द रहेका थिए ।
करिब २० प्रतिशतले राष्ट्र बैंकको निर्देशनअनुसारको ब्याज छुट प्राप्त गरेका छन् । ६९.९ प्रतिशतले सरकारले आर्थिक वर्ष २०७७ /०७८ को बजेटमा व्यवस्था गरे अनुसार ५ प्रतिशत ब्याजदरमा कर्जा प्राप्त भएमा कर्मचारीको रोजगारीलाई पूर्ण रुपमा निरन्तरता दिनसक्ने बताएका छन्।
बन्दाबन्दी अवधिमा सर्वेक्षणमा सहभागी उद्योग व्यवसायहरुलाई सञ्चालन खर्च व्यहोर्न चालुपूँजीको अभाव, उत्पादनको बिक्री वितरणमा कठिनाइ र बजारमा मागको कमीजस्ता समस्या रहेको देखिएको छ ।
बन्दाबन्दी पश्चात् वित्तीय साधन परिचालनका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने, कर्मचारीको तलब कटौती गरी खर्च घटाउने, सहकारी संस्थाबाट ऋण लिने र नयाँ लगानी साझेदार खोज्ने जस्ता सोचमा सर्वेक्षणमा सहभागी रहेको पाइएको छ ।
सर्वेक्षणमा सहभागी उद्योगरव्यवसायहरुले सरोकारवाला निकायबाट ब्याजदरमा सहुलियत, लचिलो किस्ता भुक्तानी सुविधा, आयकरमा सहुलियत, चालुपूँजीका लागि थप ऋण सुविधा र ऋण अवधि लम्ब्याउने सुविधाको अपेक्षा गरेको अध्ययनले देखाएको छ ।