नेपालगन्ज २३ साउन : अछामका पत्रकार ध्रुव बीसी क्षेत्रीको उपचारका लागि नेपालगन्जका उद्योगी एवं समाजसेवी चम्पालाल बोथराले रु २५ हजार सहयोग गरेका छन् ।
मृर्गौला प्रत्यारोपणको तयारीमा रहेका ३१ वर्षिय पत्रकार बीसीको काठमाण्डौंमा उपचार भइरहेको छ । आर्थिक संकलनका क्रममा शुक्रवार उद्योगी बोथराले प्रेस संगठन बाँकेका संयोजक डक्ट धिताललाई रु २५ हजार नगद हस्तान्तरण गरे । उपचार अभावमा नहोस् भन्ने हेतुले आर्थिक सहयोग गरेको बोथराले बताए । उनले भने-मन छोएपछि सहयोग गरेको हुँ ।
उक्त रकम चाँडै पत्रकार बिसीको खातामा जम्मा गर्ने धितालले जानकारी दिए । धिताल स्वयंले समेत रु १५ हजार, अग्रज पत्रकार डिल्ली बिसीले रु १० हजार, कृष्ण चौधरी र खगेन्द्र दाहालले रु ५ हजार दिने घोषणा गरिसकेका छन् । शुक्रवार नै पत्रकार भगतराम थारुले रु ५ सय सहयोग गरेका छन् ।
पत्रकार बिसी नयाँ पत्रिका र हिमालय टेलिभिजन तथा अछाम जिल्ला स्थित रेडियो सोसाइटी एफएममा कार्यकारी निर्देशकका रुपमा आवद्ध छन् । हाल उच्च रक्तचापका कारण दुबै मिर्गौला फेल भएर एक महिनादेखि काठमाडौको वीर अस्पताल र भक्तपुरको धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा डायलासिस गरिरहेका छन् । डाक्टरको सल्लाह अनुसार मिर्गौला प्रत्यारोपण गर्नुको अर्को विकल्प छैन ।
नयाँ मिर्गौला फेर्न धेरै रकम खर्च गर्नुपर्ने रहेछ ।
यो अवधि अस्पतालको शैयामा धेरै समय बेहोस अवस्थामै विताउनु परेकाले अहिलेसम्म आधिकारिक रूपमा जानकारी गराउन सकेको थिएन । अब नयाँ मिर्गौला फेर्नको लागि परिवारमा मेरो ब्लड ग्रुपको सदस्य खोजी गरेर सल्लाह गरिरहेका छन्। तर म बेला आर्थिक अवस्था मजबुत नहुदा निकै ठूलो समस्या भैरहेको छ ।
त्यसैले स्थानीय सरकार, प्रदेश र केन्द्र सरकार, पत्रकारका सबै संघ संगठन, मिडिया हाउस, स्वतन्त्र पत्रकार, सरकारी कार्यालय, प्रवासमा बस्नुहुने शुभचिन्तकहरु, व्यावसायि र हितैसी मित्रहरूलाई उल्लेखित बैंक खातामा आफ्नो तर्फबाट गर्नसक्ने सहयोग रकम जतिसक्दो छिटो जम्मा गरेर सहयोग गरिदिनकालागी अनुरोध गरिएको छ ।