बाँकेमा ४८ जना संक्रमित थपिए,इन्स्पेक्टर सहित ३० जना प्रहरीको रिर्पोट समेत पोजिटिभ


नेपालगन्ज २५ साउन :  बाँकेमा आईतबार ४८ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ । त्यस मध्ये वडा प्रहरी कार्यालयका इन्स्पेक्टर सहित ३० जना प्रहरी रहेका छन् ।

वडा प्रहरी कार्यालयबाट उनीहरुको स्वाब परीक्षण गरिएको थियो ।


भेरी अस्पताल नेपालगन्जमा गरिएको स्वाब परीक्षणमा उनीहरुमा कोरोना भाइरस संक्रमण देखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जानकारी दिए ।

प्रकाशित मितिः     3:50:16 PM  |