स्वास्थ्यकर्मी नै कोरोनाको चपेटामा, बाँकेका ‘रेफरल’ अस्पतालको सेवा प्रभावित


बाँके २५ साउन :  पश्चिम नेपालको ‘रेफरल सेन्टर’ का रुपमा परिचत बाँकेका स्वास्थ्य सेवा कोरोना संक्रमणका कारण प्रभावित भएको छ ।

यहाँका प्रमुख अस्पतालका स्वास्थ्यकर्मी नै कोरोनाको चपेटाका पर्न थालेपछि ती अस्पतालले अत्यावश्यक बाहेक अन्य सेवा रोकेका छन् ।
भेरी अस्पतालमा गर्भवतीको उपचारका क्रममा कोरोना देखियो ।

लगत्तै अस्पतालका केही सेवा बन्द गरी सिल गरियो ।

ती गर्भवतीलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरियो । संक्रमितको समेत शल्यक्रिया गर्न सफल मानिएको सो अस्पतालमा गर्भवतीको शल्यक्रियाबाट बच्चा त जन्माइयो तर पेटमै बच्चालाई ठूलो स्वास्थ्य समस्या देखिएपछि मृत्यु भयो ।

दुईजना स्त्रीरोग विशेषज्ञ र एक नर्स संक्रमित भएपछि शिक्षण अस्पताल नेपालगन्जका महत्वपूर्ण सेवा सिल गरिएको छ । सोमवार डुडुवा गाउँपालिकाकी एक गर्भवतीको उपचारमै समस्या भयो ।

सबैले पहल गरेपछि मात्र साँझ माँ जानकी अस्पतालमा उनको शल्यक्रिया भएको थियो ।

कोहलपुरस्थित कौशिल्या अस्पतालले आपत्तकालिन सेवा बाहेकका अन्य सेवा बन्द गरेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरम्बाङ्गका अनुसार खजुरास्थित कोरोना अस्पतालमा बिरामी भरिएर ५ जना बिरामी दाङ्ग पठाईएको छ ।

कोरोना कहरले बाँकेका ठुला अस्पताल कोहलपुर मेडिकल कलेज , नर्सिङ होम , भेरी अस्पताल अस्तब्यस्त छ । बिगत १५ दिनमा बाँकेमा २ सय ५० संक्रमित थपिएका छ्न ।

नेपालगन्जका सबै ४७ महिला बन्दिहरुलाई बर्दिया र दैलेख सारिदै छ ।

प्रकाशित मितिः     २७ श्रावण २०७७, मंगलवार ०७:१८  |