नेपालगन्ज ३० साउन : जिल्ला कोडिभ संकट व्यवस्थापन समितिको निर्णय अनुसार आज शुक्रवारदेखि बाँकेमा रेडिमेड तथा कपडा पसल समेत सन्चालनमा आएका छन् ।
सतर्कसहित बिहानैदेखि पसलहरु सन्चालनमा आएका हुन ।
बाँकेमा निषेधाज्ञालाई केही खुकुलो पारिए पछि बैंक खुलेको हो । बैठकले आर्थिक गतिबिधि क्रियाशिल पार्ने गरी बिभिन्न काम गर्न दिने निर्णय गरेको हो ।
संक्रमितको संख्या बढ्दै गएका बेला यो निर्णय आएको छ ।
मंगलवार प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गको अध्यक्षतामा बसेको बैठकले क्रमशः सावधानीपूर्वक रेडिमेड पसल, बैंकदेखि जोरबिजोर नम्बरका आधारमा सार्वजनिक सवारीसम्म चलाउने निर्णय गरेको हो ।
हेर्नुहोस् निर्णय-
तर पसल संचालन गर्दा स्वास्थ्य सावधानी नअपनाइएको पाइएमा जरिवाना गरिने प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गले जनाएका छन् । उनले भने,-निषेधाज्ञा पछि पसल खोल्दा यसरी भौतिक दुरि कायम गर्न डोरि, मास्क र स्यानिट्याइजरको ब्यवस्था गर्नु पर्नेछ , मास्क नलगाई आउनेलाई सेवा दिन पाईने छैन । अन्यथा अनुगमन टोलिले रु १०० जरिवाना गरि ७ दिनलाई पसल बन्द गर्नेछ ।