निजी विद्यालयको शिक्षा क्षेत्रमा ठूलो लगानी एवं योगदान रहेको छ । देशको कुल विद्यार्थीको ३५ प्रतिशत विद्यार्थी निजि तथा आवासिय विदालयमा पढ्ने गरेका छ्न ।
बिगत ५ महिना देखि कोरोनाका कारण विद्यालय बन्द हुँदा सन्चालकहरुलार्इ बैंको सावा ब्याज भुक्तानी गर्न तनाव आइपरेको छ । देशभर कुल करिव ६ हजार ५ सय निजी विद्यालयमा करिब २ लाख शिक्षक कर्मचारी कार्यरत छ्न ।
निजि बिद्यालयले देशको बेरोजगारी समस्यालाई केही हदसम्म धानेको थियो तर अहिलेको विषम परिस्थितिमा कोहि वोलेको छैनन्, निजी बिधालयको लागि। जुनसुकै सरकार आएपनि निजी बिद्यालयलाई हेर्ने दृस्ठटकोण कहिले पनि सकारात्मक भएन ।
कहिले सरकारको करको नीति त कहिले विभिन्न राजनीति दलका विद्यार्थी एवं अन्य भातृ संठनहरूको चन्दा आतड्ढले सधै तनाव भोग्दै आएका निजि बिद्यालयहरु यो अहिलेको अकल्पनीय कोरोनाको महामारीमा निकै अप्ठ्यारो परिस्थिति सृजना भएको छ ।
एकातिर बिद्यालयका कर्मचारीको तलब अर्को तिर संरचना बनाउदा बैंकको ॠणले सस्थागत बिधालय संचालकहरुलाई निकै चुनौती बनाएको छ । आयस्रोत नै नभएपछि बिगत ५ महिना देखिको बन्दले विद्यालयका सस्थापकहरुलाई आजित बनाई सकेको छ । अधिकांस बिद्यालयहरु बैंकबाट ॠण लिएर सुबिधाहरु उपलब्ध गरेका थिए ।
चाहे यातायात होस या अन्य सुबिधा सबै ॠण नै हो करोडौं ऋण लिएर संचालन गरेका बिधालयका लाखौ मासिक किस्ता बिधालय खुलेको बेला सजिलै तिरेका थिए तर अहिले निकै जटिल परिस्थिति सृजना गरेको छ कोरनाले धरापमा पारेको छ निजि बिधालयलाई। आखिर शिक्षामा निजि क्षेत्रको निकै ठूलो महत्त्व छ र निजि बिधालयले सरकारलाई कर पनि राम्रै तिरेको छ तर अहिलेको विषम अबस्थामा न त सरकार बोल्छ नत कुनै स्थानीय निकाए बोलेका छ्न ।
बैंकको ॠण्ले निकै गारो भएको छ एक महिना दुई महिना सम्म त चल्यो अब त लम्बिदै गएकाले कसरी तिर्ने भनेर नयाँ योजना पनि बनाउन नसक्ने अबस्थामा पुगेका छ्न निजि बिधालयका संचालकहरु । निजी विद्यालयहरू संचालन गर्न खोज्नु आफैमा एक जोखिम देखिएको थियो कतिले त आफ्ना घर खेत बेचेर लगानी गरेका छ्न।
आफूहरूलाई जोखिममा मोलेर लगानी गरेका र आफ्नो लगानीको जोखिम मोलेर समग्र शिक्षा क्षेत्रमा जुन किसिमको तरङ्ग निजी क्षेत्रले ल्याएको थियो र शिक्षा क्षेत्रमा निजि बिधालयले एक मियोको रुपमा काम गरेको थियो । सबैको तारो बनेको निजि बिधालय बास्तबमै निकै अप्ठ्यारो परिस्थितिमा गएको छ नत सरकारको कुनै मौद्रिक नीति छ सस्थागत बिधालयका लागि न त कुनै आनुदान छ कतै बाट।
सधै जस्तो बैंकले फोन गरेर सताएका छ्न हुनत बैंकको नि आफ्नै पीडा होला । यसैगरी तनाव बढ्दै जानेहो भने धेरै निजि संचालकहरु मानसिक रोगको सिकार बन्न सक्छ्न एक त बैंकको लोन त्यसैमा कर्मचारीहरुको तलब । आम्दानी गर्ने अरु माध्यम केही छैन पिडै पिडामा छ्न निजि बिद्याललयका संचालकहरु बुझ्ने कस्ले ?