लकडाउनकैबीच कोहलपुरमा थपियो सूविधा सम्पन्न होटल ‘म्याक्स’


नेपालगन्ज २२ साउन : लकडाउनकैबीच कोहलपुरमा सूविधा सम्पन्न होटल ‘म्याक्स्’ को तयारी अन्तिम चरणमा पुगेको छ ।

दुईवर्षदेखि निर्माणको काम चालु थियो भने लकडाउनको कारण सन्चालनको पूर्वनिर्धारित समय प्रभावित भएको थियो ।

व्यवसायी मनोज केसीको उक्त होटलको सम्पूर्ण काम एक महिनाभित्र सम्पन्न हुने छ ।

तर सन्चालन हुने मिति भने लकडाउन खुल्नेमै निर्भर छ ।
३० वसन्त पार गरेका केसी व्यवसायसंगै राजनीतिमा समेत उत्तिकै सक्रिय छन् । उनी शिक्षण पेसामा समेत थिए ।

पश्चिमको केन्द्रबिन्दु र बाँके निकुञ्जसंगै जोडिएका कारण कोहलपुरमा पर्यटकीय गतिविधि बढ्ने उनको निष्कर्ष छ ।

त्यसैको आधारमा उनले होटल खोलेका हुन । गत बैशाखको १ गते सुरु गर्ने योेजना भए पनि लकडाउनका कारण सम्भव भए । होटलमा छतमा स्विमीङ्गपुल बनाउने र स्वमीङ्गबार निर्माण गरिदै छ । स्पा कफी सप, रेष्टुरेण्टहरु, सूविधा सम्पन्न रुमहरु बिशेष रहने छ ।

होटलमा जम्मा कोठा ५० वटा रहेका छन् भने हुक्का बार सहितका रेष्टुरेन्ट र चारवटा हलहरु रहने छन् । होटल म्याक्स निर्माणपछि ७२ जना भन्दा बढि कर्मचारीले रोजगारी पाउने छ ।

पर्यटकीय पूर्वाधारको विकासंगै कोहलपुरमा तारेस्तरका होटल धमाधम निर्माण हुँदैछ । कोहलपुरमा पाँच तारे होटल सेन्ट्रल प्लाजा समेत रहेको छ ।

 

प्रकाशित मितिः     ५ भाद्र २०७७, शुक्रबार १५:१६  |