कोभिडका कारण साधारणसभा गर्न नसकेका बस्तुगत संघको नविकरण हुने


नेपालगन्ज ९ भदौ :  नेपालगन्ज उद्योग वाणिज्य संघ अन्र्तगत रहेका बिभिन्न बस्तुगत संघसंस्था र गैरसरकारी संस्थालाई साधारणसभा नगरेपनि नविकरण गरिने भएको छ ।

कोभिडका कारण साधारणसभा गर्न सक्ने अवस्था नभएपछि साधारणसभा नगरेपनि नविकरण गर्ने व्यवस्था मिलाएको जानकारी दिएका छन् ।
संघ अन्र्तगत दुई दर्जन बढि बस्तुगत संघसंस्था रहेका छन् । अधिकांसको साधारणसभा हुन सकेको छैन । साधारणसभा नहुँदा नविकरण समेत रोकिएको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघले बस्तुगत संघसंस्थाको यस्तो समस्याका बारेमा प्रमुख जिल्ला अधिकारी समक्ष कुरा उठाएको थियो । मंगलवार संघमा आयोजित एक कार्यक्रममा संघको तर्फबाट महासचिव चिरञ्जीवी ओलीले यस विषयमा प्रमुख जिल्ला अधिकारीको ध्यानार्कषण गराएका थिए ।


संघले कुरा उठाएपछि प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गले भने,–‘यस विषयमा साधारणसभा नगरे पनि नविकरण गर्ने व्यवस्था मिलाएका छौं ।’

 

प्रकाशित मितिः     5:42:10 PM  |