बन्द रहेको होटल ह्वाईट हाउस क्वारेन्टाइनका रुपमा प्रयोगमा आयो


नेपालगन्ज १४ भदौ :  महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको क्वारेन्टाइन बन्द भएको छ ।

त्यहाँ राखिएका ६६ जनालाई शुक्रवार मनिकापुरस्थित होटल ह्वाईट हाउसमा लगेर राखिएको क्वारेन्टाइन इन्चार्ज तेज ओलीले जानकारी दिएका छन् । ओलीका अनुसार सुरक्षाकर्मी, स्वास्थ्यकर्मी सबै ह्वाईट हाउस पुगेका छन् ।

भारतबाट नेपाल फर्किने नागरिकका लागि महेन्द्र बहुमुखी क्याम्पसमा क्वारेन्टाइन बनाइएको थियो । त्यहाँ हालसम्म २ हजार २ सय १९ जनालाई राखिएको छ ।

शुरुदेखि नै क्वारेन्टाइन व्यवस्थापन सम्हालिरहेका ओलीले होटल क्वारेन्टाइनको व्यवस्थापन अझ राम्रो रहेको जानकारी दिए ।
होटल ह्वाईट हाउस लामो समयदेखि बन्द रहेको थियो ।

बन्द रहेकै बेला बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ग, नेपालगन्ज उपमहानगरकी उपमेय उमा थापामगर लगायतको सक्रियतामा उक्त होटललाई क्वारेन्टाइनमा प्रयोग गरिएको हो ।

 

प्रकाशित मितिः     १३ भाद्र २०७७, शनिबार ०७:४९  |