ठाकुरद्धाराको पर्यटन प्रवर्द्धनमा सक्रिय भएर लाग्छु-अध्यक्ष कृष्णप्रसाद भट्टराई


पर्यापर्यटन विकास मञ्च ठाकुरद्वारा, बर्दियाको आठौ बार्षिक साधारण सभाबाट हामीलाई निर्वाचित गरि जिम्मेवारी प्रदान गर्नुहुने सम्पूर्ण पर्यटन व्यवसायी साथीहररूलाई मेरो व्यक्तिगततर्फ तथा सम्पूर्ण पदाधिकारी साथीहरूको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

साथै साधारण सभामा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिनु भएकोमा ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख ज्यू, वडा नं ९ का अध्यक्ष ज्यू , बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत ज्यू, राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख ज्यू ,गणपति ज्य, हाम्रो सहयात्री प्रकृति पथ प्रदर्शक सघका अध्यक्ष लगातका सम्पूर्ण युवाहरू,पत्रकार ज्यू, सुरक्षाकर्मी , यस संस्थाका निवर्तमान अध्यक्ष लगायत सम्पुर्ण पदाधिकारी ज्यूहरू तथा सम्पुर्ण शुभचिन्तक ज्यूहरूप्रति हार्दिक आभार प्रकट गर्दछु ।

जैविक विवधता संरक्षणका साथै यस क्षेत्रको पर्यटन प्रवर्द्धन तथा व्यवसायीहरूको हकहितका लागि यहाहरूको साथ सहयोग र सहकार्यको अपेक्षा सहित पुन सम्पूर्णमा हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्न चाहान्छु ।

प्रकाशित मितिः     २८ भाद्र २०७७, आईतवार १७:२८  |