कोहलपुरमा डिडीसीले पाउडर दूध उत्पादन गर्ने योजना कहाँ पुग्यो ?


नेपालगन्ज १ असोज :  यसक्षेत्रका संयौ कृषकको भविष्य जोडिएको दुग्ध विकास संस्थानले कोहलपुरको पिपिरीमा प्रस्ताव गरेको धूलो दूध उत्पादन गर्ने योजना कार्यान्वयनमा जोड दिइएको छ ।

डिडीसीको नेपालगन्ज वितरण आयोजना अन्र्तगत निर्माण गर्ने भनिएको उक्त आयोजनाका लागि चालू आर्थिक वर्षमा रु ५ करोड बजेट बिनियोजन भएको आयोजना प्रमुख योगेन्द्र शाहले बताए ।

उनका अनुसार उक्त बजेटबाट पूर्वाधार निर्माणको काम शुरु गरिने भनिएको छ ।

तर काम कहिलेबाट शुरु हुन्छ भन्ने एकिन छैन । शाहले कोरोना कहरका कारण काम शुरु हुन नसेको बताए । योजनाको डिपिआरको कार्य भने भइरहेको छ ।

यो वर्षदेखि काम शुरु भए निर्माणको काम सम्पन्न हुन तीन चार वर्ष लाग्न सक्छ । लागत मूल्य नै अहिलेको भन्दा धेरै रकम हुने भएकाले यसलाई ठूलो प्रोजेक्टका रुपमा लिइएको छ ।

ठूलो प्रोजेक्ट निर्माण शुरु हुन नसकेको भन्दै किसानहरु चिन्तित छन् । छिटो काम शुरु गर्नुपर्ने उनीहरुको भनाई छ ।

प्रकाशित मितिः     १ आश्विन २०७७, बिहीबार ०८:४२  |