हाजी खुर्सिद जसले नेपालगन्जमा ‘मार्ट कन्सेप्ट’ भित्र्याए,राही मार्टलाई चिनाए


नेपालगन्ज ७ असोज :  नेपालगन्जको धम्वोझीचोकमा रहेको राही मार्टका सन्चालक हाजी खुर्सिद अहमद राहीको निधन भएको छ ।

मार्टका रुपमा स्थापित ब्राण्ड बनाउन सफल यि व्यवसायीको निधनले धेरैलाई स्तब्ध बनाएको छ । सामाजिक सन्जालमा उनलाई श्रद्धान्जली दिनेको संख्या धेरै देखियो ।

नामले नचिनेकाले राही मार्ट भनेर भने सबैले चिन्थे ।

भाटभटेनी देशभर चिनिए झैं राही मार्ट नेपालगन्जमा सबैभन्दा ठूलो मार्टका रुपमा परिचित छ । चल्छकी चल्दैन भन्ने मनस्थिती बीच राही मार्ट सन्चालन भएको थियो ।

त्यसअघि अहिले राही मार्ट सन्चालन भएकोे नजिकै उनको किचनदेखि भाडाकुडा जस्ता सामाग्रीको ठूलो पसल थियो ।

त्यसअघि घरवारीटोलमा उनले खुद्रा पसल सन्चालन गर्दै आएको सम्झिन्छन् उनलाई नजिकबाट चिन्ने नेपालगन्ज उद्योग वाणिज्य संघका अधयक्ष अब्दुल वाहिद मन्सुरी ।

जीवनभर सघर्ष गरेका राहीको अल्पायुमै निधन भएको छ ।

बुधवार बिहान उनको निधन भएको हो । बिरामी पछि उपचार गराइरहेका राहीको निधनले धेरैलाई स्तब्ध बनाएको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष मन्सुरीले राहीको निधनबाट नेपालगन्जको निजीक्षेत्रले एकजना असल व्यवसायी गुमाएको बताए । राही मार्ट नेपालगन्जमा खुलेको सम्भवत पहिलो मार्ट हो ।

 

 

 

प्रकाशित मितिः     ७ आश्विन २०७७, बुधबार १०:४२  |