नेपालगन्ज २२ असोज : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भेरी अस्पताल नेपालगन्जका लेखा अधिकृत सहित १५ जना विरूद्ध बिशेष अदालतमा बिहीबार मुद्दा दर्ता गरेको छ । जसमा अस्पतालका कर्मचारीदेखि सामान खरिदका क्रममा कमिशन दिने ११ फर्मका सन्चालक समेत छन् ।
भेरी अस्पताल, बाँकेमा कार्यरत कम्प्यूटर अपरेटर अरूण राज खनालले विभिन्न फर्म तथा पसलेहरूबाट लिएको कमिशन बापतको रकम र चेक समेत आफ्नो कार्यकक्षमा राखेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले अस्पतालमा गत साउन ८ गते अस्पतालको स्टोर शाखाको कार्यालयमा छापा मारेको थियो ।
अस्पतालको स्टोर शाखा समेत जिम्मेवारी सम्हाल्दै आएका कम्प्यूटर अपरेटर अरूण राज खनाललाई १६ लाख १३ हजार ९ सय ७५ रूपैयाँ अख्तियारले स्रोत नखुलेको नगद रकम निजकै कार्यकक्षमा राखेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अख्तियारले अनुसन्धानको सिलसिलामा भेरी अस्पताल, नेपालगञ्जका लेखा अधिकृत माधव प्रसाद आचार्य, कम्प्युटर अप्रेटर अरूणराज खनाल, लेखापाल ईन्द्र बहादुर खत्री र सहलेखापाल प्रेम बहादुर खत्री समेतको योजना र मिलेमतोमा भेरी अस्पताल, नेपालगञ्जमा आर्थिक बर्ष ०७६÷०७७ को लागि सेवा प्रदायक फर्म तथा पसलहरूबाट लाख १३ हजार ७० बराबरको नगद र जिन्सी रिसवत एवं कमिशन लिएको पाइएको प्रमाण सहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभियुक्तहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१०० तथा दफा ६ बमोजिमको कसुर गरेको स९प्रमाण पुष्टि भएको हुँदा निज माधव प्रसाद आचार्य, अरूणराज खनाल, ईन्द्र बहादुर खत्री र प्रेम बहादुर खत्रीलाई बिगो १९ लाख १३ हजार ७० रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १० र दफा ३ को उपदफा १० को खण्ड ९च० बमोजिम सजाय हुन र बरामद नगद १६ लाख १३ हजार ९ सय ७५ बिगो छ ।
यसैगरी बरामदी मुचुल्का तथा निवेदनसाथ दाखिला भएका एक लाख छैसठ्ठी हजार मूल्यका मोवाईल थान तीनसमेत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १० बमोजिम जफत हुन र अपुग बिगो एक लाख बत्तीस हजार पाँच सय पन्चानब्बे सोही ऐनको दफा ३ को उपदफा १० बमोजिम असुल गरी जफत हुन समेत मागदाबी लिइएको छ ।
सि.नं. | नामथर | कार्यालय | बिगो रु. | कसुर तथा सजायको मागदाबी |
१ | संचालक/ व्यवस्थापन साहिद हुसैन हलवाई | नेपाल स्टोर नेपालगञ्ज | रु.२०,०००।- | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय मागदाबी लिइएको छ । |
२ | संचालक/व्यवस्थापन पुर्णिमा भण्डारी | श्री लुम्विनी स्टेसनरी नेपालगञ्ज | रु.४५,०००।- | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय मागदाबी लिइएको छ । |
३ | संचालक/ व्यवस्थापन दिपेन्द्र अग्रवाल | श्री कमला ईन्टरनेशनल तथा कृष्णा ईन्टरनेशनल नेपालगंज | रु.३६,०००।- | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय मागदाबी लिइएको छ । |
४ | संचालक/व्यवस्थापन राजेन्द्र कुमार सोनी | श्री हनुमत स्टेसनरी एण्ड अडरसप्लायर्स नेपालगञ्ज | रु.९९,६००।- | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय मागदाबी लिइएको छ । |
५ | संचालक/ व्यवस्थापन सुदिप रिजाल रिजाल | ईन्फोसिस बाँके खजुरा | रु.६०,०००।- | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय मागदाबी लिइएको छ । |
६ | संचालक/ व्यवस्थापन ईजामुद्दिन खाँ | रोशनी स्टिल फर्निचर उद्योग नेपालगञ्ज | रु.६०,०००।- | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय मागदाबी लिइएको छ । |
७ | संचालक/ व्यवस्थापन अब्दुल अली अन्सारी | रुवी ईलेक्ट्रिकल सप्लायर्स नेपालगञ्ज | रु.५६,०००।- | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय मागदाबी लिइएको छ । |
८ | संचालक/ व्यवस्थापन पंकज कुमार श्रेष्ठ | अम्बे फर्निसिङ्ग गार्डेन नेपालगञ्ज | रु.६१,०००।- | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय मागदाबी लिइएको छ । |
९ | संचालक/ व्यवस्थापन ज्ञान बहादुर वली | बागेश्वरी विज्ञापन सेवा नेपालगञ्ज | रु. ९६,०००।- | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय मागदाबी लिइएको छ । |
१० | संचालक/ व्यवस्थापन कमालुद्दिन मुकेरी | न्यु निजाम स्टोर नेपालगञ्ज | रु.१,६१,५००।- | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय मागदाबी लिइएको छ । |
११ | संचालक/ व्यवस्थापन अबनिश कुमार अग्रवाल | ओसियन ईन्टरनेश्नल तथा पश्चिमान्चल डिस्ट्रिब्यूटर नेपालगञ्ज | रु.१,१८,६००।- | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय मागदाबी लिइएको छ । |