नेपालगन्ज २९ असोज : जिल्ला प्रशासन कार्यालय बाँकेले घरमै बसेर दशै, तिहार, ,छठ, मोहमद डे मानाउन सबैमा अनुरोध गरेको छ ।
बिहिवार बसेको जिल्ला कोडिभ संकट व्यवस्थापन समितिको बैठकले यस्तो अनुरोध गरेको हो ।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जो जहाँ छ त्यही बसेर दशै,तिहार बनाउन अनुरोध गरेको हो । बैठकले धार्मिकस्थलमा दैनिक नित्य पुजा मात्र गर्न दिने, भिडभाड हुने गरी जात्रा मेला गर्न बन्देज गरेको छ ।
यस्तै बैठकले प्लाज्मा डोनेटका लागि नेपाली सेनाको कौशिल्यानगरस्थित सेनाको तालिम केन्द्रका सैनिक अनुरोध गर्ने निर्णय गरेको छ ।
यस्तै बिहान देश बजेदेखि साँझ ८ बजेसम्म त्रिभुवनचोकदेखि त्रिवेणीमोडसम्मको बाटोमा दुई पांग्रे सवारीसाधन बाहेक अन्य सवारी साधन सन्चालनमा रोक लगाइएको छ ।