नेपालगन्जमा पक्राउ परेका जुवाडेको सम्पत्ति छानविन होला ?


नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले मंगलबार राति नेपालगञ्जको बसपार्क क्षेत्रबाट पक्राउ गरेका १० जना पटके जुवाडेहरुलाई थप आवश्यक अनुसन्धानका लागि ७ दिन म्याद थप गरी प्रहरी हिरासतमा लिएको छ ।

मंगलबार राति नेपालगञ्ज उप-महानगरपालिका वडा नं ४ बसपार्कमा भुपु असई कृष्ण सुबेदीको घरमा जुवा खेलिरहेको अवस्थामा १० जनालाई रंगेहात पक्राउ गरेको हो।

मेगाश्री सुर्ती उत्पादन कम्पनीका मालिक सन्तोष वली, रहमान मियाँ, नवीन घिमिरे, का तरुण गौतम, सुदीप राणा, पब्लु भण्डारी, सन्तोष थापा, घर मालिक कृष्ण सुबेदी, टोप बहादुर शाही, नेमेघनाथ कुचबँधीया रहेका छन् ।

पक्राउ परेका व्यक्तिहरु पटके जुवाडे रहेको र जुवा खेली अकुत सम्पत्ति कमाएको आरोपमा सम्पत्ति शुद्धिकरण अन्तर्गत मुद्दा पनि अगाडी बढाइने तयारी स्थानीय प्रशासन र प्रहरीले गरेको छ।

सामाजिक सन्जालमा समेत ती व्यक्ति बिरुद्ध सम्पत्ति शुद्धिकरण अन्र्तगत मुद्दा चलाउन माग गरिएको छ । तर के होला त ?

प्रकाशित मितिः     १४ कार्तिक २०७७, शुक्रबार ०७:००  |