नेपालगन्ज । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल नेतृत्वको टिमलाई शुक्रवार नेपालगन्जका उद्योगी, व्यवसायीले स्वागत गरेका छन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघले आयोजनाको स्वागत कार्यक्रममा ढकाल नेतृत्वको समूहका उम्मेदवार र बिभिन्न जिल्लाका नगर तथा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष, पदाधिकारी सहभागि थिए ।
नेपालगन्जमा पाएको न्यानो स्वागतबाट प्रभावित बरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले कोरोना कारण प्रभावित भएको निजीक्षेत्रलाई उकास्न प्रभावकारी कदम चाल्ने गरी अगाडी बढ्ने प्रतिवद्धता जनाएका छन् ।
ढकालले सो अवसरमा भने, ‘ हामीले यसअघि कहिल्यै नभोगेका् पीडा भोगिरहेका छौं ।
त्यसरी पिडा भोगेका व्यवसायीलाई संरक्षकत्व पाएको महसुस हुने गरी हामी अगाडी बढ्छौं ।’ प्रकृतिले थपिदिएको यो चुनौतीसँग जुधेर देशको समग्र निजी क्षेत्रको मनोबल उँचो पार्ने काममा दरिलो आत्मविश्वासका साथ आजैदेखि लाग्न पनि उनले आफ्नो टिमका सबै साथीहरुलाई आग्रह गरे ।
आफ्नो समूह अबका सबै चुनौतिको सामना गर्न सक्षम रहेको बताउँदै उनले आफ्नो समूहमा साना तथा मझौला व्यवसायीदेखि ठूलो व्यावसायिक घरनासम्मको उपस्थिति रहेकोले महासंघको आगामी कार्यकाल थप प्रभावकारी, नेतृत्वदायी र रचनात्मक रहने बताए ।
ढकालले भने, ‘हाम्रो यो समूह सबै मुलुकको व्यापार व्यवसायको सबै किसिमका अनुभवले भरिएको छ, विश्वासले भरिएको छ । यसमा जिल्ला नगरका साना तथा मझौला व्यवसायदेखि केन्द्रका ठूलो व्यावसायिक घरानासम्मको उपस्थिति छ । त्यति मात्रै नभएर हाम्रो यो समूह गाउँ, जिल्ला÷नगर देखि नीतिगत तहसम्म पहूँच पु¥याउन सक्छ ।’
उनले कोरोनाका कारण सिर्जना भएका आर्थिक चुनौतीको सामना गर्ने व्यक्तिगत पहल मात्रै काफि नहुने बताउँदै, त्यसका लागि महासंघको नेतृत्वमा सही र सक्षम व्यक्तिहरु चयन गर्ने उपयुक्त अवसर आएको बताए ।
देशमा औद्योगिक वातावरण निर्माण गर्न, वैदेशिक लगानी भित्र्र्याउन, नयाँ प्रविधि भित्र्र्याउन, निजी क्षेत्रको सृजनात्मक भूमिका बढाएर व्यावसायिक क्षेत्रमा देखा परेका समस्या समाधान गर्न र व्यावसायीका हकहित तथा अधिकारका लागि सरकारसँग लविङ्ग गर्न सक्ने नेतृत्व चाहिएको बताउँदै आफ्नो समूहले महासंघलाई ठूला उद्यमीहरुको मात्रै नभई साना र मझौला उद्योगी व्यापारीको पनि साझा चौतारीका रुपमा स्थापित गर्ने र सबैका समस्याको सुनुवाई हुने वातावरण बनाउने बताए ।
कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका तर्फबाट केन्द्रीय सदस्यको उम्मेदवार नन्दलाल बैश्य, प्रदेशबाट प्रतिनिधित्व हुने केन्द्रीय सदस्य उम्मेदवार रचना श्रेष्ठ लगायतका उम्मेदवारलाई संघको तर्फबाट अध्यक्ष अब्दुल वाहिद मन्सुरी लगायतका पदाधिकारी एवं कार्यसमिति सदस्यले स्वागत गरेका थिए ।
कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्यका निर्वतमान अध्यक्ष एवं पूर्व केन्द्रीय सदस्य अच्यूत प्रसाई, दामोदर आचार्य, सुनिल शर्मा, कृष्णप्रसाद श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । स्वागत कार्यक्रमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले व्यवसायी हकहितका पक्षमा ढकाल नेतृत्वको टिम सक्षम हुने बिश्वास दिलाएका छन् ।