व्यवसायीकक्षेत्रमा वीमा सचेतना अभाव, संघ भन्छ-वीमा गर्नुहोस्


नेपालगन्ज :  गत वर्ष बिपीचोकका एकदर्जन फर्निचर उद्योगमा आगलागी भयो ।

आगलागीबाट झण्डै तीन करोड क्षती भएको थियो । उक्त दुर्घटनाका कारण व्यवसायीहरु घर न घाटको अवस्थामा पुगेका छन् ।

केहीले भने ऋण धन गरेर व्यवसाय सन्चालन गरिरहेका छन् । आगलागीका घटना भएपनि त्यस घटनामा परेका एकजना बाहेक सबै व्यवसायीले वीमा गरेका थिएनन् । त्यसैले क्षतीपुर्ती कसैले पाएनन् ।

वीमा नगरेकै कारण क्षतीपुर्ती पाउन नसकेका व्यवसायीका यस्ता पीडा नेपालगन्जमा सामान्य जस्तै भइसकेको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीले वीमा व्यवसायीहरुका लागि जरुरी भएको बताउँछन् । संघले बिज्ञप्ती जारी गरेरै वीमाका लागि प्रोत्साहन गरेको छ ।

संघले सकभर आगलागी हुनै नदिन सजकता अपनाउन र दुर्घटनाबश त्यस्ता घटना भइहाले पनि तत्काल नियन्त्रण गर्ने प्रभावकारी साधन (दमकल) तयारी अवस्थामा राख्न सम्बन्धित निकायहरुसँग अपिल गरेको छ ।

साथै उद्योगी, व्यवसायीहरुले आफ्नोे उद्योग प्रतिष्ठानमा अग्नी नियन्त्रणका प्रभावकारी उपाय अवलम्बन गर्न र दुर्घटना पछि हुने क्षति न्यूनिकरणका लागी विमा प्रक्रियामा जान हार्दिक आह्वान गरेको छ ।

क्षतिपछि सम्बन्धित निकायबाट हुने कागजी प्रक्रिया सहजताका लागी प्रशासनिक निकाय लगायत विमा कम्पनीबाट उपलब्ध गराउने क्षतिपूर्ति रकम सहजताका साथ प्रदान गर्न सम्बन्धित निकाय अनुरोध गरेको छ ।

प्रकाशित मितिः     ८ मंसिर २०७७, सोमबार ०९:५३  |