नेपालगन्ज : केयर नेपाल,भेरी वातावरणीय बिशिष्टता समूह (बि ग्रुप) र नेपाल घरेलुु तथा साना उद्योग महासंघ बाँकेको साझेदारीमा बाँकेमा कृषिपथ मोवाइल एप सन्चालन भएको छ ।
कृषकले उत्पादन गरेका कृषि सामाग्री बेचबिखनलाई सहज र सरल बनाई उपभोक्ताको पहुँचसम्म पुर्याउने उदेश्यले बनाइएको उक्त एपमा कृषकलाई प्रत्यक्ष जोड्ने काम भइरहेको घरेलु महासंघ बाँकेकी अध्यक्ष मधु खड्काले बताइन ।
सोही काम अन्र्तगत शनिवार राप्तीसोनारी गाउँपालिकाका ५ वटा सहकारी (रोसनी,परिबर्तन,बैजापुर,जननी र संघर्षशिल) सामाजिक उद्दमी महिला सहकारी संस्थालि लाई फिल्डमा गएर कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरिएको छ ।
अन्य सहकारी र कृषकलाई समेत प्रविधिमैत्री बनाउन यस्ता सामाग्री वितरण गर्न लागिएको अध्यक्ष खड्काले बताइन ।