नेपालगन्ज : राष्ट्रिय बीमा कम्पनी लिमिटेड, नेपालगन्ज शाखाले बुधवार १ सय २ जनाको कोरोना बीमा दावी भुक्तानी गरेको छ ।
अरु बाँकीको सबैको दाबी प्रक्रिया अन्तिम चरणमा पुगेको प्रवन्धक नविन शर्मा पौडेलले बताए ।
उनले ढिला भएकोमा क्षमा प्रार्थी मागेका छन् ।
वीमा कम्पनीले कोरोना वीमा रकम भुक्तानी गर्न ढिलाई गरेको गुनासो आइरहेको छ ।
भुक्तानीमा ढिलाईका कारण वीमा कम्पनी प्रति आक्रोस समेत व्यक्त गरिएको छ ।
राष्ट्रिय बीमा कम्पनी लिमिटेडका नेपालगन्ज प्रबन्धक पौडेलले प्रक्रियामै रहेका आफ्नो कम्पनीमा कोरोना वीमा गरेकाल् भुक्तानी पाउने बताए ।