राष्ट्रिय बीमा कम्पनीबाट १ सय २ जनालाई कोरोना वीमाको रकम भुक्तानी, बाँकी प्रक्रियामा


नेपालगन्ज :  राष्ट्रिय बीमा कम्पनी लिमिटेड, नेपालगन्ज शाखाले बुधवार १ सय २ जनाको कोरोना बीमा दावी भुक्तानी गरेको छ ।

अरु बाँकीको सबैको दाबी प्रक्रिया अन्तिम चरणमा पुगेको प्रवन्धक नविन शर्मा पौडेलले बताए ।

उनले ढिला भएकोमा क्षमा प्रार्थी मागेका छन् ।


वीमा कम्पनीले कोरोना वीमा रकम भुक्तानी गर्न ढिलाई गरेको गुनासो आइरहेको छ ।

भुक्तानीमा ढिलाईका कारण वीमा कम्पनी प्रति आक्रोस समेत व्यक्त गरिएको छ ।

राष्ट्रिय बीमा कम्पनी लिमिटेडका नेपालगन्ज प्रबन्धक पौडेलले प्रक्रियामै रहेका आफ्नो कम्पनीमा कोरोना वीमा गरेकाल् भुक्तानी पाउने बताए ।

प्रकाशित मितिः     6:44:56 AM  |