नेपालगन्ज : हृदयेश त्रिपाठीले स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रुपमा पदभार ग्रहण गरे लगत्तै बाँकेका दिग्गज नेता पशुपति दयाल मिश्र काठमाण्डौ गए ।
काठमाण्डौ पुगेर मिश्रले स्वास्थ्य मन्त्री त्रिपाठीसंग बाँकेका स्वास्थ्यसंग जोडिएका समस्याका पोका फुकाए । भेरी अस्पतालमा जनशक्ति एवं स्वास्थ्य सामाग्री अभावमा झेल्नुपरेका समस्याहरु पनि जानकारी गराएपछि स्वास्थ्य मन्त्री तत्कालै एक्सन चलाएका छन् ।
मिश्रको आग्रुह अनुसार स्वास्थ्य मन्त्रीले भेरी अस्पताललाई बिभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।
स्वास्थ्य मन्त्री ज्यूले बाँकेको स्वास्थ्यसंग सम्बन्धित समस्याका बारेमा हाम्रा कुरा सुन्नु भएपछि तत्कालै एक्सन लिनु भएको छ । त्यसले परिणाम देखाएको छ । -नेता मिश्रले भने ।
मिश्रका अनुसार, प्रोटोवल भेन्टिलेटर ५ थान, प्यासेन्ट मोनिटर २ थान, बिपाप मेशिन २ थान, ह्याण्ड हेल्ड पल्स वक्सीमिटर १० थान, एन९५ माक्स हजार थान र पिपिई ५ सय थान हस्तान्तरण गरिएको छ ।
त्यसैगरी खजुरा क्यान्सर अस्पताललाई समेत सहयोग गर्न मन्त्रीसंग आग्रह गरिएको छ । उक्त सहयोगका लागि मन्त्री त्रिपाठीले आवश्यक निर्देशन दिइसकेका छन् । दोस्रो चरणमा थप सामाग्री समेत आउँदै छ ।