माधव नेपालको प्रचण्डसंग सुरुदेखिको सहकार्यबारे शंकर पोखरेलको चोटिलो प्रश्न


नेपालगन्ज :  नेकपाका नेता एवं लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डसंग पहिलेदेखि नै सहकार्य रहेको भन्ने माधव नेपालको भनाईप्रति चोटिलो प्रश्न गर्नुभएको छ । सामाजिक सन्जालमा नेता पोखरेलले यस्तो लेख्नुभएको छ । हेर्नुहोस्-

कमरेड माधव नेपालको प्रचण्डसंगको सुरुदेखिको सहकार्य वारे
माधव कमरेड तपाईले जारी गरेको निर्देशन अनुसार तात्कालिक माओवादी उग्रवामपंथको राजनीतिक विरोध र प्रतिवादगर्दा कमरेड यदु गौतम लगायत तात्कालिक एमालेका झण्डै ५०० कार्यकर्ताले जीवन वलिदान गर्नु भएको थियो ।

तर आज तपाई कमरेड प्रचण्डसंग सुरुदेखिनै सहकार्यमा रहेको दावीगर्दै हुनुहुन्छ । शान्तिप्रकृयामा ल्याउन वार्ता गर्नु र निरन्तर सहकार्य गर्नु फरक होला नि कमरेड । त्यतिवेला साच्चै माओवादी नेता प्रचण्डसंगको सहकार्य रहनु भएको हो भने त्यो पार्टी विरुद्धको घात भएन र कमरेड ?

विधि र पद्धतीमा जोड दिने तपाईले अहिले प्रचण्डसंगको साँठगाँठको औचित्य पुष्टि गर्नका लागि आफ्नै मान्यताका विपरित नवोलेको भए हुन्थ्यो । शान्तिप्रकृयामा प्रवेश पछि त हामी सबै सहकार्यमा होइन एकतामा नै बाधिएका हौ ।

त्यो भन्दा पहिले लामो समयसम्म तपाईकै नेतृत्वमा माओवादी उग्रवामपंथ विरुद्ध वैचाारिक तथा राजनीतिक संघर्षमा रहेको कुरा सत्य होइन र ? यति छिटै इतिहासको कटु सत्यलाई कसरी विर्सन मिल्छ र ?

प्रकाशित मितिः     ४ माघ २०७७, आईतवार १२:१०  |