टिप्परका कारण यस्तो बनेको थियो हुलाकी सडक, जनगुनासो पछि ‘सिडीओ’ले लिए ‘एक्सन’


बाँके १० माघ :  राप्तीपारी जाने हुलाकी सडक अव्यवस्थित टिप्पर र ट्याक्टरका कारण जोखिममा परेको थियो ।

बन्दै गरेको सडक ध्वस्त हुने अवस्था आएको भन्दै आमनागरिकले गुनासो गरेपछि बाँकेका प्रमुख जिल्ला अधिकारीले कारवाही थालेका छन् ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागंले नदिजन्य पदार्थ बोक्ने अव्यवस्थित टिप्परका कारण नेपालगन्ज बगौडा नरैनापुर हुलाकी मार्ग बिग्रेको, उक्त मार्गमा पर्ने डुडुवा र राप्ती पुल जोखिममा परेको हुदा बैकल्पिक ब्यवस्था नहुदासम्म नदिजन्य पदार्थ बोक्ने टिप्पर प्रवेशमा रोक लगाईएको बताए ।

प्रकाशित मितिः     ११ माघ २०७७, आईतवार ०८:५८  |