बाँकेमा आजबाट कोरोना विरुद्धको खोप ‘कोभिसिल्ड’ लगाइदै,पहिलो खोप डा. प्रकाश थापालाई


नेपालगन्ज :  बाँके जिल्लामा बुधबारदेखि कोरोनाभाइरस (कोभिड १९) विरुद्धको खोप ‘कोभिसिल्ड’ लगाइने भएको छ ।

जिल्लामा हाल ७ हजार ५ सय १७ मात्राको खोप प्राप्त भएको र कोरोना विरूद्धको खोप भेरी अस्पतालका मेसु डा प्रकाश बहादुर थापाले बुधबार बिहान साढे १० बजे भेरी अस्पतालमा पहिलो खोप लगाई उद्धाटन गरेपछि फ्रन्टलाइनमा खटिनेहरुका लागि लगाइने बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।

बाँकेमा अहिले सम्म ४४ हजार ४ सय ९१ जनाको कोभिड परिक्षण गरिएको छ। त्यसमध्ये ४ हजार ६ सय १२ जना संक्रमित पुष्टि भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

हाल संक्रमितमध्ये ६२ जना मात्र सक्रिय संक्रमित रहेका छन् भने ४ हजार ४ सय ९९ निको भएका छन् ।

प्रकाशित मितिः     १४ माघ २०७७, बुधबार ०६:३८  |