मेयरको प्रष्ट निर्देशन–‘भाग खोज्नेको पहिचान गर्नु, उपभोक्ता समितिमा नराख्नु’


नेपालगन्ज १४ माघ :  भ्रष्टाचारमा शुन्य सहनशिलता अपनाउने नेताका रुपमा परिचित नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शम्सेर राणाले पैसाको भाग खोज्ने व्यक्तिलाई निर्माण वा उपभोक्ता समितिमा नराख्न निर्देशन दिएका छन् ।

उपभोक्ता समितिमा पैसाको भाग खोज्नेहरुका कारण भ्रष्टाचार बढेको मेयर राणाको भनाई छ ।

केही दिन अघि नेपालगन्जको फुलटेक्रा स्कुलको आठ कोठे भवन शिलान्यास भवन शिलान्यास गर्न पुगेका मेयर राणाले स्थानीय सरोकारवाला निकाय मार्फत भाग खोज्ने प्रबृत्तीका व्यक्तिको पहिचान गरी त्यस्तालाई निर्माण कार्य गर्ने समितिमा नराख्ने दिएका हुन ।

उनले विद्यालको भवन निर्माणका लागि बन्ने निर्माण समितिमा समेत त्यस्ता व्यक्तिलाई नराख्न निर्देशन दिएका छन् ।

उनले भनेका छन्,–‘पैसा नखोज्नेहरुलाई राखेर निर्माण समिति बनाउनुहोेला । मलाई पैसा चाहियो भन्नेलाई उपभोक्ता समितिमा नराख्नुहोला ।’

 

प्रकाशित मितिः     १४ माघ २०७७, बुधबार १२:४१  |