नेपालगन्ज : नेपालगन्जमा लोकदोहोरी साँझ सन्चालनमा आएको छ । नेपालगन्ज वडा नं. १८ मा चौतारी दोहोरी साँझ आएको छ । प्रबन्धक डिबी क्षेत्रीका अनुसार लोकप्रिय कलाकारले दोहोरी साँझमा प्रस्तुती दिइरहेका छन् ।

लोक तथा गजलका पारखीको मनका सपना पूरा गर्ने उदेश्य सहित दोहोरी साँझ सन्चालनमा ल्याइएको हो । ट्राभल भिलेजको नजिक सन्चालित उक्त दोहोरी साँझमा इन्टिरियर डिजाइन निकै आर्कषक रहेको छ ।