मानपुर मोडको यो घर अब भत्काइने, हट्ने छ दुर्घटनाको जोखिम


नेपालगञ्ज–गुलरिया सडकखण्ड अन्तर्गत मानपुरमा रहेको घर भत्काएर सडक विस्तार गरिने भएको छ ।

मानपुर मोडस्थित सडक किनारमा रहेको यो घर भत्काउन बाँके र बर्दियाका बासिन्दाले बारम्बार माग गदै आएका थिए । बाँकेका प्रमुख जिल्ला अधिकारी रामवहादुर कुरुम्बाङले यहि शुक्रवार फागुन १४ गते घर हटाई सडक बिस्तार गर्ने घरधनी सङ्ग सहमती भएको सार्वजनिक गरे ।

प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले बाँकेमा प्रमुख जिल्ला अधिकारीको रुपमा आउनासाथ सो घर सहमतिका आधारमा भत्काएर सडक विस्तार गरिने बताए । यो घर सडकको मोडमा भएका कारण धेरै दुर्घटना हुने गरेको छ ।

प्रकाशित मितिः     १० फाल्गुन २०७७, सोमबार १८:३७  |