एमाले ब्यूँतिएपछिको हर्ष ! बाँकेमा कार्यकर्ताले यसरी मनाए खुसियाली


नेपालगन्ज :  सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएको छ । निर्वाचन आयोगले ऋषि कट्टेल नेतृत्वमा नेपाल कम्युिनस्ट पार्टी दर्ता भइसकेको अवस्थामा तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्र एकीकरण भइ बनेको दललाई नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नाममा नै दर्ता गरेको थियो ।

दुई दल एकीकरण भएपछि बनेको नयाँ दलको नाम नेपाल कम्युनिस्ट पार्टी (ने क पा ) दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध कट्टेलले दिएको रिटमा न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पक्षमा फैसला गरेको हो । पार्टी ब्यूँतिएपछि एमालेका नेता कार्यकर्ताले बाँकेको पार्टी कार्यालयमा खुसियाली मनाएका छन् ।

प्रकाशित मितिः     २३ फाल्गुन २०७७, आईतवार १९:३९  |