परम्परागत संस्कारबाट हुर्किएको हाम्रो समाजमा नारीले केहि हदसम्म संघर्ष गरेको सुन्ने र देख्ने गरेकै छु । एउटा नारी भएकोले नै १४ वर्ष पहिले जागिरको लागि सिप्रदी आउँदा मलाई पनि केही हदसम्म संकोच नै थियो। जागिरमा प्रवेश गरिसकेपछि मेरो सोच भन्दा पृथक सिप्रदीमा मैले अत्यन्तै मिलनसार, भेदभाव रहित, महिलामैत्री तथा सुरक्षित वातावरण पाएँ । नारी भएकै कारणले कुनै पनि भेदभाव र असहयोग सहनु परेन ।
सिप्रदीमा काम गर्ने सिलसिलामा मेरा सुपरभाइजर तथा सहकर्मीहरूले मलाई सक्दो सहयोग गरिनै रहनुभएको छ । सधैं सहयोगी वातावरण अनि विभेद रहित व्यवहारले मलाई मैले बिताएको लामो समय पनि मेरो स्मरणमा स्वर्णिम पल बनेर रहिरहने छ ।
अब कम्पनीमा कार्यरत भएर आएको पहिलो दिन देखि हालसम्मको कुरा गर्दा कार्यभारहरू परिवर्तित त छन नै योसँगै चुनौतीहरू पनि थपिएका छन र हरेक चुनौतीहरूको सामना गर्दै आजको दिनसम्म आइपुग्दा एउटा कर्मचारीको हिसाबले मलाई हरेक कुराहरूमा कम्पनीले पूर्ण विश्वास गरेको छ ।
अफिसको वातावरण सहज र साथीहरु सहयोगी भावनाको हुनुहुन्छ । त्यसैगरि म एउटा सन्तानको आमा पनि हुँ , मेरो घरायसी र पेशागत जीवन बीच सहि तालमेल मिलाउन मेरो परिवार र कार्यक्षेत्रको ठुलो योगदान रहेको छ ।