‘नयाँ उत्साहका साथ एमालेलाई सक्रिय बनाउँछौ–देवराज भार


नेपालगन्ज २५ फागुन : देवराज भार–नेकपा एमाले बाँकेका दिग्गज नेता हुन । संविधान सभा सदस्य समेत रहेका भार कुशल संगठकका रुपमा परिचित छन् ।

मुस्किल समयमा जिल्लामा एमालेलाई सक्रिय बनाउन लागिपरेका भारले अब स्मार्ट एमाले बन्ने र यसका कार्यकर्ता पनि स्मार्ट नै हुने बताउँछन् ।

भार भन्छन्–‘विचारले परिपक्क,विवादरहित र अनुशासित हुनु भनेकै स्मार्ट एमाले हुन हो । हाम्रा नेता कार्यकर्तालाई स्मार्ट बनाउन सक्रियतापूर्वक लाग्छौ ।’

नेता भारले सर्बोच्च अदालतले नेकपा भंग गरी एमाले र माओवादी व्यूँताइएको यथार्थ कुरालाई स्वीकार गर्दै अघि बढ्नुको बिकल्प नभएको बताए ।

कम्युनिष्ट एकता गर्नुपर्छ भनेरै अध्यक्ष केपी शर्मा ओलीले माओवादीसंग एकिकरण गरेको बताउँदै नेता भारले तर एकिकरण पछि अनेक नाममा अध्यक्ष ओली र साविक एमालेको शक्तिलाई सिध्याउने खेल भएको भारको भनाई छ ।

‘हिजोको कुरा बिर्सिएर अब अगाडी बढ्नुपर्ने बेला आएको छ । कस्ले के गल्ती गरेको छ भन्ने कुरा कम्युनिष्ट आन्दोलनमा लाग्ने भावी पुस्ताले मुल्यांकन गर्ला तर अब हामीमा भने एमालेलाई स्मार्ट बनाएर लैजानुपर्ने दायित्व र जिम्मेवारी आएको छ ।’– भारले भने ।

बाँकेमा देखिने एमाले बनाएर लैजान सबै तह र तप्कालाई परिचालन गरिने भारले बताएका छन् । हिजोको भन्दा अझ सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिदै भारले भने,–‘नयाँ उत्साह र उमंगका साथ हामी कार्यकर्ताहरुलाई परिचालन गर्छौ ।’

 

 

प्रकाशित मितिः     २५ फाल्गुन २०७७, मंगलवार १०:२९  |