डुडुवा गाउँपालिकाले बनायो कृषि नीति


डुडुवा (बाँके) । बाँके डुडुवा गाउँपालिकाको आठौ गाउँसभाले ऐन निति, बजेट संशोधन र प्रगति प्रतिबेदनलाई पारित गरेको छ । सभाले डुडुवा गाउँपालिकाको कृषि व्यवसाय प्रबद्र्धन सम्वन्धमा गर्न बनेको विधेयक २०७७ र डुडुवा गाउँपालिकाको कृषि नीति २०७७ सर्वसम्मत रुपमा पारित गरेको छ ।

विधेयक समितिका संयोजक लिलावति यादवले प्रस्तुत गर्नुभएको ऐन र नितिलाई पारित गरिएको हो ।  सभामा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले चालु आर्थिक वर्षको बजेटको संशोधन प्रस्ताव र चालु आर्थिक वर्ष २०७७/०७८ को साउनदेखि फागुन २० गतेसम्मको विभिन्न विषयगत शाखाको प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तुत बजेट संशोधन र प्रगतिलाई सर्बसम्मत रुपमा पारित गरिएको थियो । गाउँपालिकाका विभिन्न शाखा अन्र्तगत शिक्षा, स्वास्थ्य, कृषि, पशु, बन तथा बातावरण र विकास निमार्णका योजना लगायतका बारेमा प्रगति प्रतिबेदनमा उल्लेख गरिएको छ ।

गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत सभाका सदस्य सचिव प्रशुराम उपाध्यायले संचालन गर्नुभएको सभामा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्ष, कार्यपालिका सदस्य र सभासदहरुको सहभागिता रहेको थियो ।

गाउँपालिकाले बहुवर्षिय ठुला आयोजना अन्र्तगत राप्ती नदी पुलस्थित शिवको प्रतिमा निमार्ण, कोल्ड स्टोर निमार्ण, हलकारापुर्वा र राजारामपुर्वा बिचमा डुडुवा नालामा झुलुङ्गे पुल निमार्ण, अमृतपुर्वादेखि रामनगर पाझासम्म पिसीसि सडक निमार्ण र गाउँपालिकाको प्रशासकिय भवन निमार्ण रहेका छन ।

ति आयोजनाहरुलाई मुख्य प्राथमिकताका साथ अघि बढाइएको गाउँपालिका अध्यक्ष चौधरीले बताउनुभयो । उहाँका अनुसार जेष्ठ नागरिकसंग गाउँपालिका अध्यक्ष कार्यक्रम, कन्य मुद्दती खाता, स्वास्थ्य र पशु अन्र्तगत मुख्य कार्यक्रम संचालनको योजना रहेको छ ।

प्रकाशित मितिः     २९ फाल्गुन २०७७, शनिबार ०६:५६  |