अध्यक्ष ओली र नेता नेपालको भेटले पनि एमालेमा खु:सीको संचार !


काठमाडौं । नेकपा एमालेको विवाद मिलाउन दुवै पक्ष वार्तामा बसेका छन् । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले माधव नेपाल पक्षलाई छलफलका लागि बोलाएपछि दुवै पक्षका नेताहरू छलफलमा जुटेका हुन् ।

धुम्बाराहीस्थित पार्टी कार्यालयमा अहिले छलफल भइरहेको छ । छलफलमा ओलीलगायत नेताहरू ईश्वर पोख्रेल, सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली उपस्थित छन् । त्यस्तै माधवकुमार नेपालसहित भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, सुरेन्द्र पाण्ड, गोकर्ण विष्ट पनि सहभागी छन् । नेता झलनाथ खनाल भने गएका छैनन् ।

पार्टी विभाजन हुन नदिन अध्यक्ष ओलीले असन्तुष्ट पक्षलाई संवादका लागि बोलाएको निकट स्रोतले जनाएको छ । पुस ५ गते प्रतिनिधिसभा विघटनपछि विभाजित भएका नेताहरु एमाले ब्युँतिएपछि पहिलो पटक औपचारिक छलफल भएको हो । दुबै नेताबीचको भेटले पनि एमालेका नेता कार्यकर्तामा खुसीको संचार गराएको छ ।

प्रकाशित मितिः     २ चैत्र २०७७, सोमबार १२:२५  |