नेपालगन्ज,बैशाख १ । बाँकेको हवल्दारपुरमा बुधबारदेखि नयाँ ग्याविन जाली उद्योग संचालनमा आएको छ । नयाँ बर्षको अवसर पारेर उद्योग संचालनमा आएको हो ।
नेपालमै पहिलोपटक पुर्ण स्वचालित मेसिनबाट उत्पादित जालि बैशाख पहिलोसातादेखि बजारमा आउने उद्योगका प्रबन्ध निर्देशक मीनबहादुर मल्लले जानकारी दिए ।
अत्याधुनिक मेसिनबाट निर्मित जालिमा बर्षोबर्षसम्म खिया नलाग्ने मल्लको भनाइ छ ।
उद्योगमा करिब ३० जनाले प्रत्यक्ष रोजगारि पाउनेछन । करिब १५ करोडको लागतमा उद्योग संचालनमा आएको अध्यक्ष कमल कार्कीले बताए ।