पछिल्लो कोरोना संक्रमितहरूको दर हेर्ने हो भने निकै भयानक छ । यही दर हुने र हालको अबस्थालाई हेर्ने हो भने उपचारका लागि हस्पिटल नपाउने अवस्था छ । तसर्थ हामी सबैले पूर्णरुपमा साबधानी अपनाउनु पर्छ । जसनुसार कोरोनाबाट बच्न निम्न अनुसार गर्नु गराउनु हुन बिशेष अनुरोध छ ।
१. आफु र ग्राहक दुबैले अनिबार्य रूपमा मास्कको प्रयोग गरौ र गराउँ ।
२.उद्योग, पसल, प्रतिष्ठान सबै ठाऊँमा सेनिटाइजर वा साबुन पानीको ब्यबस्था गरी अनिबार्य प्रयोग गरौ ।
३..समान किनबेच गर्दा कम्तिमा १ मिटरको भौतिक दूरी कायम गरौ ।
४. अत्यावश्क काम बाहेक घर बाहिर नजाउँ । यदि निस्कनु नै परेमा नाक मुख छोपिने गरी अनिवार्य मास्कको प्रयोग गरौ ।
बाँचियो भने सबै हुन्छ पहिले हामी आफु र घर परिवार त्यसपछि ब्यापार भनेर सजकता अपनाउनु हुन सबै उद्योगी ब्यावसायी ज्युहरूमा बिशेष अनुरोध गर्दछौं ।