सत्ताको जोडघटाउमा लागेका नेताले चटक्कै बिर्सिएको बाँकेको व्यथा !


नेपालगन्ज । बाँकेमा आज पनि रातभरीमा ५ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । मृतक ५ जना मध्य १ जना बर्दिया र ४ जना नेपालगन्ज उपमहानगरका स्थानीय छन् । दैनिक जसो बाँकेमा समस्या बढ्दै गएपनि सरकारले समस्या समाधानका लागि प्रभावकारी पहलकदमी लिन सकेको छैन ।

डीसीसीएमसी बाँकेका अनुसार शनिबार साँझ ६ भेरी अस्पताल पु¥याईएका नेपालगन्ज १२ का ६७ वर्षिय पुरुषको अस्पताल पु¥याएको ४५ मिनेटमै मृत्यु भएको थियो ।

त्यसैगरि बैशाख २३ गते भेरी अस्पताल भर्ना भएका बर्दिया बढैयाताल ७ का ५२ वर्षिय पुरुषको शनिबार साँझ ७ बजे, २१ गते सोहि अस्पताल भर्ना भएका नेपालगन्ज १ का ६४ वर्षिय पुरुषको शनिबार राती ८ बजे, बैशाख १३ गते मेडिकल कलेज कोहलपुर भर्ना भएका नेपालगन्ज १० की ३८ वर्षिया महिलाको आज बिहान ४: ३० बजे र बैशाख १४ गते भारतको लखिनपुरमा कोरोना पुष्टि भएपछि भेरी अस्पताल नेपालगन्जमा भर्ना भएकी नेपालगन्ज १४ की ३८ वर्षिया महिलाको बिहान ६:= ४५ बजे मृत्यु भएको डीसीसीएमसीका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिए ।

आज मृत्यु भएसागै बाँकेमा जिल्ला भित्रका मृत्यु हुनेको संख्या १७४ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारका लागि बाँके आएका १३१ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

प्रकाशित मितिः     २५ बैशाख २०७८, शनिबार १०:०६  |